भक्तपुर माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ४ जीपीए हासिल गरेकी गोमा श्रेष्ठलाई भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङ र उनकी पत्नी सावित्री गुरुङले एक लाख रुपैयाँ नगद र ल्यापटपसहित सम्मान गरिएकाे हाे ।
भक्तपुरको चाँगुनारायण नगरपालिका–८ स्थित एक इँटाभट्टामा काम गर्दै पढाइ जारी राखेकी गोमा श्रेष्ठको संघर्षपूर्ण यात्राबाट प्रभावित हुँदै गुरुङ दम्पतीले उनलाई मेडिकल शिक्षाको एमबीबीएस तहसम्मको सम्पूर्ण अध्ययन खर्च व्यहोर्ने प्रतिबद्धता जनाएका हुन् । एसइई परीक्षामा उत्कृष्ट परिणाम ल्याउने गोमाको सफलताले विपन्न पृष्ठभूमिका विद्यार्थीहरूका लागि प्रेरणाको स्रोत बन्न पुगेकि छिन ।
गुरुङ दम्पतीले शिक्षा नै मुल सम्पत्ति हो भन्ने मान्यतासहित गोमालाई आत्मनिर्भर र सक्षम बनाउने उद्देश्यले सो सहयोग प्रदान गरिएको बताएका छन् । गोमाले सम्मान पाएपछि आफुजस्ता आर्थिक रूपमा कमजोर विद्यार्थीहरूका लागि पनि उच्च लक्ष्य राखेर मेहनत गरेमा सफल हुन सकिने उदाहरण प्रस्तुत गर्न पाउँदा गर्व लागेको प्रतिक्रिया दिएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय