बिजय सुब्बा
भोजपुर — भोजपुरको रामप्रसाद राई गाउँपालिका–२ धोद्लेखानीमा एकै परिवारका ४ जनाको छुरा प्रहार गरी हत्या गरिएको छ। ससुरालीमा हत्या गरेका अभियोगमा राजेन्द्र राई गम्भीर घाइते अवस्थामा फेला परेका छन्।
प्रहरीका अनुसार राईले ससुरा बेलबहादुर गिरी (६८), सासू मञ्जु गिरी (४५), पत्नी मनिषा गिरी (१६) र सालो सपन गिरी (९) लाई छुरा प्रहार गरी हत्या गरेका हुन्।
घटनापछि राईले आत्मरक्षामा यस्तो कदम चालेको प्रारम्भिक बयान दिएका छन्। उनको पेटमा छुरा प्रहारको चोट देखिएको छ र थप उपचारका लागि धरान पठाइएको छ।
प्रहरीले घटनाको गम्भीर अनुसन्धान गरिरहेको जनाएको छ।

