कांग्रेस नेता चन्द्र भण्डारीले रवि लामिछानेको पक्षमा अगाडि बढाएको हस्ताक्षर अभियानको स्वागत गरेका छन्। नयाँ पार्टी र नयाँ जोश भएकै कारण हस्ताक्षर अभियान चलाउने उहाँहरूको पार्टीको जनतासँग जाने एउटा रणनीति भएको हुनाले जुनसुकै पार्टीले आफ्नो रणनीति अपनाउन सक्ने भण्डारीको भनाइ छ। यसमा विरोधको आवश्यकता नरहेको समेत लालीगुराँस डट कमसँगको कुराकानीमा बताएका छन । अहिलेका दलहरूले गल्ती गरिरहेको र यी गल्ती गर्नेहरूलाई आउँदो पुस्ताले नछाड्नेसम्मको चेतावनी भण्डारीले दिएका छन्।

