२८ साउन। सुनसरीको झुम्का कारागारबाट मंगलबार राति एक जना कैदी भागेका छन् ।

बलात्कार मुद्दामा कारावास सजाय भोग्दै आएका खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका-२ घर भएका २८ वर्षीय रुपक पौडेल खत्री मंगलबार राति कारागारबाट भागेका हुन् । उनी २०८१ साउन २१ गतेदेखि थुनामा थिए।

कैदी खत्रीलाई कारागारको ‘बी’ ब्लकमा राखिएको थियो। कारागारको पर्खाल नाघेर उनी गत राती फरार भएका हुन् ।

सामूहिक बलात्कारको घटनामा संलग्न खत्रीलाई जिल्ला अदालत सुनसरीले २०८१ चैत २५ गते १३ वर्षको कैद सजायको फैसला गरेको थियो । 

घटनाको छानबिनका लागि सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय