तेजन खड्का
उर्लाबारी । गत कात्तिक २६ गते । लक्ष्मीपूजाको दिन । मोरङको उर्लाबारी–७ बरगाछीस्थित दीपक कार्कीको घरमा रहेको सुनचाँदी पसलमा भएको आगलागीमा परी पाँच जनाको मृत्यु भयो। आगलागी नियन्त्रणका क्रममा ४ प्रहरी र २४ स्थानीय गरेर २८ जना घाइते भए । 
सो आगलागी परि घाईते भएकाहरुले क्षतिपूर्ती नपाएको र जिवनयापन गर्न सकस भएको बताएका छन् ।
‘मर्नेहरु त मर्नुभयो, परिवारलाई दुखपीडा त अवश्य हुन्छन नै, हामी पनि जिँउदो लाश भएर बाँचेका छौ, बहुत पीडा छ । बरु मरेकै भए हुन्थियो जस्तो लाग्छ, घाईते राजिव दियालीले भने, हाम्रो पक्षमा बोलदिने कोहीँ छैन।’
उर्लाबारीमा अलराउण्ड डान्स सेन्टर सन्चालन गर्छन दियाँली । डान्स सेन्टर सन्चालन गरेर जिविको पार्जन भईरहेको थियो । तर दियालीलाई आगलागीमा परेपछि निक्कै समस्या भईरहेको छ।
उनी भन्छन्,‘जलेपछि पहिले जस्तो काम गर्न सकेको छैन्। जलन भएको हात चिलाउछ,पोल्छ । बाहिर खुलेर निस्किन सकेको छैन् । काममा फर्किन सक्या छैन्।’
‘अरुको घर-परिवार जोगाउन ज्यानको बाजि लगाएर लाँगियो, कतिको ज्यान गयो । तर घरधनीले फर्किएर हेर्नुभएको छैन’, दियालीले भने ।
आगलागीमा परेर घाईते भएका २७ बर्षीय बिक्रम शाहाको पीडा दियालीको भन्दा कम छैन् । छुट्टै छ ।
आगलागीमा पर्नु अघि उनी किरानामा काम गर्थे, सगाँउथे । मासिक १० हजार तनखा हुन्थियो ।
तर अहिले उनी स्वास्थ्य अवस्थाको कारण काममा फर्किन सकेका छैनन् ।
एक छोरी र श्रीमतीसँग बस्दै आँएका शाहा हात खुट्टा ढाड र गालामा जलन भएको बताउँछन् । कैयौंँ रात भोकै सुतेको उल्लेख गर्दै उनले नुन पानी भात खाँएर पनि रात कटाएको उल्लेख गरे ।
उनी भन्छन्—‘म काम गर्न सक्दिन, श्रीमतीलाई जागिर भए हुन्थियो।’
सम्भवत: नेपालकै ठुलो घटना हो, उर्लाबारीमा आगलागी । राज्यका हरेक निकायको चाँसो भएको थियो । आवश्सन र सपनाहरु देखाईएको थियो ।
तर अहिले सबै कुरा सेलाएको र आफूँहरुको समस्या ज्यूँका त्यूँ रहेको आगलागी पीडितको दुखेसो छ ।
सुनपसलमा भएको आगलागीमा परी उर्लाबारी नगरपालिका—७ का ४३ वर्षीय रामनरेश मरिता, ६८ वर्षीय रुकुमबहादुर कार्की, ४२ वर्षीय कुमार तामाङ, ४९ वर्षीय हेमकुमार दाहाल र ४३ वर्षीय तपन पण्डितको मृत्यु भएको थियो ।
आगलागी नियन्त्रणमा लिने प्रयास गरिररहेका बेला ग्यास सिलिण्डर विष्फोट भएको थियो । सो घटनामा चार प्रहरीसहित २८ जना स्थानीय घाइते भएका थिए ।
आगलागीबाट साढे तीन करोड बराबरको क्षति भएको थियो ।
उर्लाबारी नगरपालिकाले घाईते परिवारको लागि शतप्रतिशत विद्यार्थी शुल्क मिनाहा गर्न विद्यालयलाई पत्रचार गरेको पीडितको लागि सहयोगमा जुटिरहेको स्थानीय राजन रायमाझीले बताए।

