उर्लाबारी – नेकपा माओवादी केन्द्र उर्लाबारीले एक महत्वपूर्ण निर्णय गर्दै वर्तमान बरिष्ठ उपाध्यक्ष यामलाल रसाईलीलाई अध्यक्ष पदको उम्मेदवार चयन गरेको छ। आज सम्पन्न बैठकमा रसाईलीलाई अध्यक्षको उम्मेदवार बनाउन सर्वसम्मत निर्णय गरिएको हो।
पार्टीको बैठकमा व्यवसायी तथा उद्योगीहरुको हितमा लामो समयदेखि काम गर्दै आएका रसाईलीको नेतृत्व क्षमतालाई कदर गर्दै उनलाई अध्यक्षको उम्मेदवार बनाइएको कार्यबहायक अध्यक्ष टेकबहादुर भट्टराईले जानकारी दिनुभयो।
यो निर्णयसँगै प्रगतिशील साझा उम्मेदवारको रुपमा रसाईलीलाई अघि बढाइएको छ। यसका साथै, महासचिव पदमा पवन चौधरी, कोषाध्यक्ष पदमा राधिका काफ्ले, र सदस्य पदमा बासु घिमिरे, बुलन पासवान, र लोकनाथ पौडेललाई उम्मेदवार बनाउने निर्णय पनि गरिएको छ। अन्य पदहरुमा भने विभिन्न पार्टी समर्थक व्यवसायीहरुसँग सहकार्यका लागि खुला राखिएको छ।

