उर्लाबारी, २३ साउन । आगामी भदौँ ९ गते उर्लाबारी उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनमा नेकपा एमाले समर्थक व्यापारीहरुको उम्मेद्वारी घोषणा भएको छ ।

बुधबार बिहान उर्लाबारी ३ स्थित नेकपा एमाले पार्टी कार्यालयको सभाहलमा आयोजित एक कार्यक्रमका बीच एमाले समर्थक व्यापारीहरुको तर्फबाट उम्मेद्वारी घोषणा गरिएको हो ।

बर्तमान उर्लाबारी उद्योग वाणिज्य संघको अध्यक्ष समेत रहनु भएका शेरबहादुर भण्डारीले उम्मेद्वार घोषणा गर्नुभएको हो । संघको नयाँ नेतृत्वका लागि अध्यक्षमा रामबहादुर थापा, बरिष्ठ उपाध्यक्षमा इन्द्रबहादुर भट्टराई, उद्योग उपाध्यक्षमा सुनिल बोहोरा, वाणिज्य उपाध्यक्षमा विकाश बुढाथोकी, महासचिवमा सम्झना खतिवडा, उद्योग सचिवमा नन्द शर्मा दाहाल (नविन), वाणिज्य सचिवमा बिनिता दाहाल, सदस्यमा सोम सेन्चुरी र कपिलेश्वर नायकको उम्मेद्वारी घोषणा गरिएको हो ।

उम्मेद्वारी दर्ताको समयसम्म पनि अन्य राजनीतिक दल समर्थक व्यापारीहरुसँग सहमतिका लागि छलफल भईरहेकाले कोषाध्यक्षसहित केही पदमा उम्मेद्वारी घोषणा नगरिएको भण्डारीले उल्लेख गर्नु भयो । कार्यक्रममा एमाले कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा, कोशी प्रदेश सांसद् उमाकान्त गौतम, उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेल, नेकपा एमाले नगर कमिटी अध्यक्ष गंगाप्रसाद बाँस्तोलाले शुभकामना दिनुहुँदै एमाले समर्थक व्यापारीहरु एकताबद्ध भएर जित हासिल गर्नुपर्ने बताउनु भएको थियो । एमाले समर्थक व्यवसायीहरु निर्वाचनमा विजयी हासिल गर्नका लागि चुनावी घोषणापत्र तयार, प्रचारप्रसार, आर्थिक लगायतका उपसमितिहरु समेत बनाएर निर्वाचनमा होमिएका छन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय