उर्लाबारी, भदौ ९ हुने उद्योग वाणिज्य संघको आसन्न निर्वाचनका लागि लोकतान्त्रिक गठबन्धनले सोमबार आफ्नो प्यानलको उम्मेदवारी दर्ता गराएको छ। गठबन्धनले अध्यक्ष पदमा तारामान सिरेङ लिम्बूको नेतृत्वमा १६ पदका लागि उम्मेदवारी प्रस्तुत गरेको हो।
निर्मला चौहान (निरु) बरिष्ठ उपाध्यक्ष, प्रभु राई (दिलुङछा) उद्योग उपाध्यक्ष, रामप्रसाद राई (बाङगाई) वाणिज्य उपाध्यक्ष, पवन चौधरी महासचिव, भेषबन्धु निरौला उद्योग सचिव, राजकुमार श्रेष्ठ (मकै) वाणिज्य सचिव, र दशरथ यादव (बेचन) कोषाध्यक्ष पदमा उम्मेदवार बनेका छन्।
सदस्य पदमा केशव भट्टराई, मदनप्रसाद दहाल, दीपक कार्की, फुर्वा तामाङ (छिरिङ), र सोमबहादुर गजमेरले उम्मेदवारी दर्ता गराएका छन् भने लेखा समिती संयोजकमा मनोज लुइटेल, सदस्य पदमा बासु घिमिरे र मोहनलाल पाठक उम्मेदवार छन्।
लोकतान्त्रिक गठबन्धनले आफ्नो प्यानल प्रस्तुत गर्दै व्यवसायिक हितका लागि विभिन्न कार्यक्रम सार्वजनिक गरेको छ। प्यानलका प्रतिबद्धतामा व्यवसायीहरुको दुर्घटना बीमा, सदस्यता नवीकरण शुल्कमा ५० प्रतिशत कटौती, सन्ध्याकालिन बजार सञ्चालन, कृषि बजार व्यवस्थापन, स्थानिय महिला उद्यमीलाई सिप तथा आयमूलक कार्यक्रम, उज्यालो अभियान, लगानीमैत्री वातावरण निर्माण, र विभिन्न महोत्सवहरू सञ्चालनको योजना रहेका छन्।
यिनै कार्यक्रममार्फत व्यवसायीहरुको हितमा थप कदम उठाउने प्रतिबद्धता जनाइएको छ।

