दिलिप पोखरेल
४ भदौ / उर्लाबारी
उर्लाबारीस्थित अरनिको हस्पिटल प्रालिमा क्यान्सर रोगको समेत जाँच गरिने अत्याधुनिक प्रविधीको स्वचालित मेसिन संचालनमा आएको छ । सोमबार अस्पतालका ल्याव प्रमुख कन्सल्टेण्ट बायो क्यामेष्ट आनन्द शाहीका अनुसार हस्पिटलमा क्यान्सर रोगको समेत परिक्षण गरिने अत्याधुनिक प्रविधीको अटोमुटीक क्लिया ,फूल्ली बायोक्यामेष्ट्री , फूल्लि फाईभ पार्ट हेमार्टोलोजी, माईक्रो बायोलोजी कल्चर सेटअपलगायतका मेसिन संचालनमा रहेको बताए ।

उनकाअनुसार अस्पतालले करिव २ करोडको लागतमा खरिद गरेको ६ थान आधुनिक प्रविधीका मेसिन प्रयोगमा आएसँगै पेटको क्यान्सर, पाठेघर , प्रोस्टेट, फोक्सो र स्तनको क्यान्सर लगायत बाँझोपन , एनेमीया, लुकेमीया र थाईराईड परिक्षण सहज रुपमा गरि चाडै रिपोर्ट दिईने गरिएको छ । यस्तै क्यान्स ट्युमरको परिक्षण समेत अस्पतालको ल्याबमा हुने बताउदै शाहीले त्यसको रिपोर्ट समेत २४ घण्टाभित्रै दिईने जानकारी दिए ।

यस्तै ल्यावका ईन्चार्ज अनिलकुमार महासेठकाअनुसार अस्पतालमा आधुनिक प्रविधिको मेसिनहरु प्रयोगमा आएसँगै अटो इम्युनी जाँच, बाथ रोग जाँच, विभिन्न भिटामीन जाँचलगायत पेट,फोक्सो र घुँडामा जमेको पानीको समेत जाँच सेवा गरिदै आएको छ । उनका अनुसार उर्लाबारी मै नहुने विभिन्न जाँचहरु समेत सो अस्पतालको ल्याबमा दैनिक रुपमा हुँदै आएको छ ।
प्रगोगशाला विज्ञानको क्षेत्रमा अध्ययन पुरा गरी विशेषज्ञता हाँसिल गरेका उर्जाशिल ल्याव प्रमुख शाही , ल्याव इन्चार्ज महासेठ र सुभरभाईजर अजयकुमार शाहलगायतको टिमले सहज रुपमा २४ सै घण्टा गुणस्तरिय ल्याव सेवा दिदै आएको छ ।
यसैबिच अस्पतालमा दैनिक रुपमा सयौँको सङ्ख्यामा आउने सेवाग्राहीहरु ल्यावमा जाँच गर्न र रिपोर्ट लिन समय खर्चिनु नपरेको बताउछन् । गत आईतबार अस्पतालमा सेवा लिन पुगेका शिवसताक्षी नगरपालिका वडा नम्बर ५ का सनमबहादुर तामाङ बताउछन्, ” यत्रो विरामीहरुको चाप भएको अस्पतालमा रिपोर्ट यति चाँडै आउला बनेर सोचेको थिईन, एकदम छिटो आउदो रहेछ । मेरो परिक्षण समेत चाँडो भयो । अन्य अस्पतालमा जस्तो यहा त समय नलाग्दो गरेछ । यहाँको व्यवस्थापन पक्ष राम्रो लागो । ”
जेष्ठ नागरिक, बालबालीका, गर्भवती महिला, अपाङ्गता भएका व्यक्ति र विपन्न परिवारको उपचारमा विषेश छुट प्रदान गराउदै आएको सो अस्पतालमा हरेक शनिबार ल्याब सेवामा भारी छुट दिदै आएको छ ।
यसकाअलवा सो अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम संचालनमा आएसँगै बिमाले प्रदान गरेका सबै प्रकारका परिक्षणहरु सहज गराईदै आएको अस्पताल प्रशासनले जनाएको छ ।
सो हस्पिटलमा आईसीयू सेटअप र ट्रमा एवम् ईन्जुरीको लागि महत्वपुर्ण मानिने एबीजी परिक्षण समेत गरिदै आएको छ । यस्तै अस्पतालमा भ्याकुटेनर प्रविधीबाट बिना सिरिन्ज रगतको नमुना समेत संकलन गरिदै आएको ल्याव ईन्चार्ज महासेठले बताए ।
वि‍.सं. २०७१ सालमा स्थापित सो अस्पतालमा आगामी असोजदेखी सिटी स्क्यान मेसिन प्रविधीको प्रयोग गरि थप गुणस्तरिय सेवा प्रदान गरिने बताईएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय