उर्लाबारी । डिभिजन वन कार्यालय मोरङ अन्तरगत सव डिभिजन वन कार्यालय, मंगलबारेका वन अधिकृत नविनराज दहालको कमाण्डमा खटिएको टोलीले सखुवाको १६ थान गोलिया काठ बरामद गरेको छ।
मंगलबारेका वन अधिकृत दहालको कमाण्डमा खटिएको वन कर्मचारी र पथरी शनिश्चरे साझेदारी वन उपभोक्ता समूहका पदाधिकारी तथा कर्मचारीहरुको संयुक्त टोलीले आज बुधबार मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ४ मा पर्ने डाङडुङ्‌गे भन्ने स्थानमा बस्ने डम्बर मान थेगिमको घरबाट साल जातका १२ थान गोलीया काठ बरामद गरेको छ। बरामद साल पथरी शनिश्चरे साझेदारी वन क्षेत्रको कम्पार्टमेन्ट नं. ५ को रातमाटे क्षेत्रमा ढलेको साल जातको रुखबाट कटान गरिएको अनुमान गरिएको छ । विगत केही समय देखिनै वनक्षेत्रमा चोरी तस्करी बढ्न लागेको आशंकाको आधारमा सव डिभिजन वन कार्यालय, मंगलबारे र साझेदारी वन उपभोक्ता समूहका कर्मचारी तथा वन हेरालुहरु नियमित रुपमा साझेदारी वनको विभिन्न क्षेत्रमा गस्ती गरिरहेको वन अधिकृत दाहालले जानकारी दिएका छन्। सोही क्रममा वनक्षेत्रका विभिन्न स्थानबाट चोरी गरिएका काठ लुकाई छिपाई राखिएको स्थानको खोजी गर्ने क्रममा उक्त स्थानबाट साल जातका १०९.६० क्यूबिक फिट गोलिया काठ बरामद गरिएको उनले जानकारी दिएका छन्। साथै उक्त टोलीले सोही समयमा
सोही स्थानको नजिकमा पर्ने जरुवा खोल्सी भन्ने स्थानमा लुकाई राखिएको अबस्थामा ४ थान सालका गोलिया काठहरु समेत बरामद गरेको र उक्त काठको परिमाण ४८.९७ क्यूबिक फिट रहेको उनले बताएका छन् । दुई स्थानबाट बरामद गरिएका जम्मा १६ थान गोलिया काठको कूल परिमाण १५८.५७ क्यूबिक फिट रहेको उनले जानकारी दिएका छन् । दुवै स्थानबाट बरामद काठ डम्बर मान थेगिमको समूहले कटान गरी लुकाई राखेको घटनास्थलको प्रकृतिबाट देखिएको उनको भनाइ छ । काठ बरामद गरेको स्थानबाट सो काठ ओसारपसार गर्न प्रयोग गरिएको को २ त ५३६३ नं. को सोनालिका कम्पनीको डाला सहितको ट्याक्टर थान-१ र २ थान झम्पल सहित काठ छोप्न प्रयोग गरिएको टिन तथा त्रिपाल समेत बरामद गरिएको अधिकृत दाहालले जानकारी दिएका छन्। । वन
कर्मचारीहरुको टोली घर सर्च गर्न पुग्नु अगावै सो घर र वरपरका घरका सबै मानिसहरु फरार भएको
हुँदा मानिस फेला पर्न नसकेको जनाईएको छ । काठ बरामद गर्ने कार्यमा नेपाल प्रहरी, सव डिभिजन वन कार्यालय, मधुमल्ला तथा जाँतेका कर्मचारीहरुको पनि सहयोग र सहभागिता रहेको अधिकृत दाहालले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय