गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको उर्लाबारी-६ स्थित मोरङ् मोडल स्कूल/कलेजले भव्य समारोहको आयोजना गरी विद्यार्थीहरुको विदाई तथा स्वागत कार्यक्रम सम्पन्न गरेको छ। उर्लाबारी पार्टी प्यालेसमा उर्लावारी- ६ का वडाध्यक्ष चिन्तामणि पौडेलको प्रमुख आथित्यतामा विदाई तथा स्वागत कार्यक्रम आयोजना गरेको हो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमृत कुमार श्रेष्ठको सभापतित्वमा आयोजित कार्यक्रममा कलेजका प्राध्यापक मोहन बुढाथोकीले स्वागत मन्तव्य राख्नु भएको थियो । २०३७ साल देखि निरन्तर शिक्षा क्षेत्रको साथै सामाजिक गतिविधिमा लाग्दै आएको मोरङ् मोडल शैक्षिक गहनाको रूपमा स्थापित विद्यालय रहेकाे भन्दै प्रमुख अतिथी वडाध्यक्ष पाैडेलले प्रंससा गर्नुभयो। उहाँले गुणस्तरीय शिक्षा दिदै लागुपदार्थ दुर्व्यसन मुक्त बनाउन र विकृति विसंगति अन्त्य गर्न सबै एकजुट हुनुपर्ने उल्लेख गर्नु भयो । पूर्वी मोरङकै लामो इतिहास बोकेको मोरङ् मोडल कलेज/स्कूलमा हाल प्लेग्रुपदेखि विविएस सम्म १ हजार २ सय विद्यार्थी पठन पाठन गरिरहेको प्रिन्सिपल सन्दिप पौडेलले बताउनु भयो। कार्यक्रममा शिक्षक, अभिभावक, सञ्चालक सदस्यहरूको वाक्लो उपस्थिती रहेको थियो।

कलेजको वार्षिक नियमित कार्यक्रम अन्तर्गत कक्षा ११ का आगन्तुक विद्यार्थी र बिबिएस प्रथम वर्षका विद्यार्थीलाई स्वागत तथा बिबिएस चौथो वर्षका विद्यार्थी लाई बिदाई गरिएको विद्यालयका कार्यकारी सहायक प्राचार्य मातृका खतिवडाले पूर्वज्योतिलाई बताउनु भयो । विद्यार्थीहरूले सो अवसरमा राष्ट्रप्रेमले ओतप्रोत भएको स्वागत नृत्य लगायत विभिन्न गित, संगितले भरपुर मनोरन्जन गराएको कार्यक्रम सञ्चालक पुन्य प्रसाद घिमिरेले बताउनु भयो।

