१ असोज/ उर्लाबारी
हरेक वर्ष कन्या संक्रान्तिको दिनमा विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको जन्म भएको थियो यसैले यस दिनलाई विश्वकर्मा जयन्ती पनि भनिन्छ ।
नेपाल लगायत भारतमा विश्वकर्मा पूजा उल्लासपूर्ण तरिकाले मनाइन्छ । विश्वकर्मा पूजा भन्नसाथ हामी विभिन्न कलकारखाना, पार्टपूर्जा, यन्त्रको पूजाआजा गर्छौं।


यसैले विश्वकर्मा पूजाको दिन उद्योग, कलकारखाना र हरेक किसिमका मेसिनहरुको पूजाआजा गरिन्छ । यो पूजा सबै कलाकार, शिल्पकार र औद्योगिक घराना, व्यापारी र मजदुरहरुले गर्छन् ।
यस्तै यो दिन धेरैजसो कलकारखाना बन्द रहन्छ र मानिसहरुले हर्षोल्लासको साथमा भगवान विश्वकर्माको पूजा गर्छन् ।
यसैबिच मंगलबार उर्लाबारी वडा नम्बर १ टप्पुुस्थित सिद्धार्थ एग्रिगेट प्रा.लि.मा भव्यताका साथ विश्वकर्मा पूजा सम्पन्न गरिएको छ ।विहान ७ बजेदेखी धार्मीक विधिअनुसार सिद्धार्थ एग्रिगेटमा पूजाआरधाना गरिएको थियो । यस्तै सो अवसरमा सिद्धार्थले संचालक समिती, कर्मचारी , मजदुरलगायत स्थानियहरुबिच फरक तरिकाले विश्वकमर्मा पूजा सम्पन्न गरेको छ ।सो अवसरमा माउण्टेन क्लाईम्बिङ, हण्डी फोड, २ सय मिटर दौड, डोरी तान, हाजिरी जवाफ , नृत्य, गायनलगायतका अतिरिक्त क्रियाकलाप गरी भरपुर मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिएको अध्यक्ष सचिन शाक्यले बताए । उनकाअनुसार पूजाको अवसरमा उद्योगका सम्पुर्ण कामहरु बन्द गरेर उत्प्रेरणात्मक प्रतियोगिता समेत आयोजना गरिएको हो ।उल्लेखित प्रतियोगितामा उत्कृष्ट हुनेहरुलाई नगदसहित पुरस्कृत गरिएको थियो ।वि.सं. २०७५ सालमा स्थापित सिद्धार्थ एग्रीगेटमा हाल ८२ जनाले रोजगारी पाएका छन् ।

