ऋषिकेश खनाल
उर्लाबारी, हेटौंडा निवासी विश्व साइकल यात्री रामचन्द्र मानन्धरलाई राधिका माध्यमिक विद्यालयले सम्मान गरिएको छ।
उर्लाबारी ६ स्थित राधिका माबिका शिक्षक तथा विद्यार्थीहरुले बुधबार आयोजित कार्यक्रममा साईकल यात्री मानन्धरलाई भब्यरुपमा स्वागत तथा सम्मान गरेका हुन । रामचन्द्रले विश्वका ३३ वटा राष्ट्रको साइकलमार्फत भ्रमण गर्दै आएका छन । विद्यालयका प्रधानध्यापक कुमार पोख्रेलको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि तथा बिश्व साईकल यात्री मानन्धरलाई अबिर, खादा लगाएर स्वागत गरिएको थियो ।




कार्यक्रममा स्वागत मन्तव्य शिक्षक डिल्ली पोख्रेलले राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन सह-प्रधानाध्यापक रुद्रप्रसाद न्यौपानेले गर्नुभएको थियो। आफ्नो प्रेरणादायी सम्बोधनमा साइकल यात्री रामचन्द्र मानन्धरले नेपाललाई विश्वभरि चिनाउने अभियानबारे चर्चा गर्दै, नेपाललाई “आठ वटा सर्वोच्च हिमालको देश”, “सगरमाथाको देश” र “गौतम बुद्धको देश” भनी विश्वभरि चिनाउने आफ्नो उद्देश्य रहेको बताउनुभयो।
विद्यालयका शिक्षक, विद्यार्थी, र स्थानियहरूको उल्लेखनीय उपस्थिति रहेको उक्त कार्यक्रममा, मानन्धरलाई आगामी यात्राको सफलताका लागि शुभकामना समेत दिईएको थियो ।

