उर्लाबारी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख खेमराज कार्कीले कार्यालयको कामकाज आफ्नै कार्यकक्षबाट गर्न थालेका छन् ।
उर्लाबारी बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुख पदमा खेमराज कार्कीलाई पुन: जिम्मेवारी दिईएको भन्दै १० दिनअघि क्याम्पस प्रमुखको कार्यकक्षमा लगाइएको ताला मंगलबार खोलिएसँगै उनी बुधबारदेखी नियमित कामकाजमा फर्किएका हुन् । यद्यपी उनको कार्यकक्षमा ताला लागेतापनि उनले महत्वपुर्ण कामकमजको लागि क्याम्पसमा उपस्थित भई कार्य सम्पादन भने गर्दै आएका थिए ।
बुधबार बिहान क्याम्पसमा ईलाका प्रहरी कार्यालय उर्लाबारी र सशस्त्र प्रहरी बेस क्याम्प उर्लाबारीबाट सुरक्षाकर्मीहरु परिचालन गरि क्याम्पसलाई सुरक्षित बनाईएसँगै क्याम्पस प्रमुख कार्की विहान ६ बजे नै कार्यकक्षमा उपस्थित भई काममाजमा फर्किएको क्याम्पस संचालक समितीका सदस्य मुक्तिप्रसाद न्यौपानेले जानकारी दिए ।
मंगलबार साँझ क्याम्पस संचालक समिती र सल्लाहकार समितीको संयुक्त बसेको बैठकले सो ताला खोल्ने निर्णय गरेको थियो । मंगलबार उपस्थित समितीको २ तिहाई सदस्यले निर्णय गरेर सो तालाबन्दी तत्काल खोल्ने निर्णय गरेको बताईएको छ ।

सो निर्णयलाई लागु गर्ने क्रममा साँझ करिव ५:३० बजे क्याम्पस प्रमुखको कार्यकक्षमा लगाईएको ताला फोडिएको संचालक समितीका अध्यक्ष पुष्प ढकालले जानकारी दिए । उनले देशको कानुन र संविधानभन्दा माथी कोहि पनि नहुने बताउदै अदालतबाट कार्की क्लिन चिट पाएर आएसँगै उनलाई समितीको बहुमत सदस्यको निर्णयले पुनर्वाहली गरिएको बताए । उनकाअनुसार मंगलबारको बैठकमा संचालक समितीका १७ जना र सल्लाहकार समितीका ६ जना गरि जम्मा २३ जना पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

यता कार्यकक्षबाटै नियमित कामकाजमा फर्किएका क्याम्पस प्रमुख कार्की बुुधबार एकदम व्यस्त देखिएका छन् । उनले कार्यालयको पेन्डिङ काम धेरै भएकोले आफु व्यस्त रहेको जानकारी दिए ।

यता क्याम्पसमा खेमराज कार्कीले कार्यकक्षबाटै कामकाज गर्ने जानकारी पाएसँगै विद्यालयमा पठनपाठन ठप्प भएको पाईएको छ । एक स्रोतकाअनुसार आन्दोलनरत पक्षसँग कुनै समन्वय नै नगरि ताला फोडिएपछि क्याम्पसको वातावरण अशान्त हुनसक्ने आकलन गरिएसँगै मंगलबार एक सुचना जारी गर्दै क्याम्पसको पठनपाठन स्थगन गरिएको बताईएको छ ।

सो विषयमा क्याम्पस प्रमुख कार्कीले मंगलबारदेखी आन्तरिक परिक्षा सकिएको र बिहिबारदेखी दशैँ सुरु हुने औँल्याउदै एक दिनको लागि विद्यार्थी अनुपस्थित हुनसक्ने भएकोले बिदा गरिएको बताए । उनले भने,” विगतमा घटस्थापनाको अघिल्लो दिन विद्यार्थी, प्राध्यापक, संचालक समितीलगायतको उपस्थितीमा दशैँ, तिहार र छठ पर्वको शुभकामना आदनप्रदान कार्यक्रम आयोजना गरिन्थ्यो । यसपटक पनि आयोजना गरिने हाम्रो क्यालेण्डर मै थियो तर आज हुन सकेन । त्यसै कार्यक्रमलाई समेत आधार मानेर पठनपाठन स्थगन गरिएको हो । साथै आज कर्मचारी, प्राध्यापकबिच बैठक समेत बस्ने तालिका रहेको छ ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय