४ कार्तिक/ उर्लाबारी
उर्लाबारी वडा नम्बर ३ रामनगर टोल निवासी क्यान्सर पिडित तुलसा भण्डारीको उपचारको लागि आर्थिक अभाव भएको छ ।४७ वर्षीया भण्डारीको जिव्राेकाे क्यान्सर भई विभिन्न अस्पतालमा उपचार गराउने क्रममा धेरै रकम खर्च भैसकेकोले हाल थप उपचार गर्नको लागि आर्थीक अभाव भएपछि परिवारले सहयोगको लागि अपिल गरेको छ ।आर्थिक अवस्था कमजोर भएकोले उनी उपचारबाट बन्चित हुनुपरेकाेले उनको जिवन रक्षाकाे निम्ति सहयाेग गर्न परिवारले सहयोगी मनहरुलाई हार्दिक अपिल गरेको छ ।यसैबिच उनको उपचारको लागि उर्लाबारी -३ का वडाध्यक्ष भिष्मराज बुडाथोकीको संयोजनमा आर्थिक संकलन अभियान समेत सुरु गरिएको बताईएको छ ।सहयोगी मनहरुले निम्न व्यक्तिसँग सम्पर्क गरेर सहयोग गर्न सकिने जानकारी गराउदछौँ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय