उर्लाबारी । मोरङको उर्लाबारी ७ मा मावा सौन्दर्यीकरण परियोजनाको आयोजनामा मावा खोलाको बाँधमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ। उर्लाबारी नगरपालिकाको सहयोगमा स्थानीयहरूको सहभागितामा खोलाको पश्चिमतर्फको बाँध (सडक) सफा गरिएको हो।
सो सरसफाई कार्यक्रमको उद्घाटन नगर प्रमुख गंगाप्रसाद खरेलले गरेका थिए। उद्घाटन गर्दै नगर प्रमुख खरेलले उर्लाबारीका विभिन्न स्थानमा स्थानीय टोल विकास संस्था र स्थानीय जनसमुदायले सरसफाईमा ध्यान दिन आवश्यक रहेको बताए। उनले मावा खोलाको वातावरणीय सौन्दर्य कायम राख्न यस्ता कार्यक्रमहरूले महत्त्वपूर्ण भूमिका खेल्ने बताए।
मावा सौन्दर्यीकरण परियोजनाका अध्यक्ष बीरबल थापाले पनि कार्यक्रमको उद्देश्य र स्थानीयहरूको सहयोगको सराहना गर्दै भविष्यमा अझै प्रभावकारी ढंगले नदी क्षेत्रको संरक्षण र सफाईलाई प्राथमिकता दिने बताएका छन् । सो कार्यक्रममा स्थानीय बासिन्दा, समाजसेवी, प्रहरी लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय