उर्लाबारी । मोरङको मिक्लाजुङ गाउँपालिकामा वैदेशिक रोजगारमा असफल भई फर्किएकाहरूलाई जीविकोपार्जन सामग्री हस्तान्तरण गरिएको छ। मिसियो म्यूनिखको आर्थिक सहयोग र गाउँपालिकाको समन्वयमा कारितास नेपालद्वारा सञ्चालित सुरक्षित वैदेशिक रोजगार प्रवर्धन तथा मानव बेचबिखन रोकथाम परियोजनाअन्तर्गत कार्यक्रम सम्पन्न भएको हो।
गाउँपालिका अध्यक्ष बबी कुमार राई, उपाध्यक्ष दिनेश पौडेल, प्रमुख प्रशासकीय अधिकृत तुलाराज थापा मगर र कारितास नेपालका प्रादेशिक प्रबन्धक शंकर कुमार पौडेलको उपस्थितिमा नौ जना लाभग्राहीलाई पचास हजार रुपैयाँसम्मको लागतमा विभिन्न व्यावसायिक सामग्री वितरण गरिएको हो।
अध्यक्ष राईले सामग्रीको सदुपयोग गर्दै स्वरोजगारमार्फत आयआर्जन गर्न प्रेरित गरेको जानकारी दिएका छन् । कार्यक्रम सञ्चालन गोविन्द कट्टेलले गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय