दिलिप पोखरेल
८ भदौ/ उर्लाबारी
उद्योग वाणिज्य संघको ३६ औँ साधारणसभा सम्पन्न भएको छ । शनिबार वाणिज्य संघको सभाहलमा आयोजित एक भव्य समारोहबीच ३६ औँ साधारणसभा सम्पन्न भएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चण्डीप्रसाद ढकालको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।
सो क्रममा बोल्दै उनले केन्द्रमा प्रत्यक्ष निर्वाचित अध्यक्ष हुने नीति बनाउन लागिएको जानकारी दिएका छन्। उनले आगामी दिनमा महासंघको अध्यक्ष पदमा प्रत्यक्ष निर्वाचनमार्फत चयन गरिने योजना बनिरहेको बताएका छन् । सो नीति लागू भएपछि महासंघको नेतृत्व चयन प्रक्रियामा पारदर्शिता बढ्ने अपेक्षा गरिएको र सदस्यहरूको सीधा सहभागिता सुनिश्चित हुने बताउँदै अध्यक्ष ढकालले उक्त योजनालाई महासंघको संस्थागत सुधार र सशक्तिकरणतर्फको महत्वपूर्ण कदमको रूपमा व्याख्या गरेका छन्।


उनले भने, “निजी क्षेत्रलाई साँघुरो बनाइनुहुन्न” भन्ने धारणा राख्दै निजी क्षेत्रको स्वतन्त्रता र महत्वलाई उजागर गरेका छन्। उनले निजी क्षेत्रलाई विकासको महत्वपूर्ण अंगको रूपमा हेरिनुपर्ने र यसलाई विस्तार गर्न प्रोत्साहन दिनुपर्ने बताएका छन् ।
सो कार्यक्रममा महासंघका केन्द्रीय उपाध्यक्ष हेमराज ढकाल, संघका कोशी प्रदेश अध्यक्ष राजेन्द्र दाहाल, कोशी प्रदेश सभाका प्रदेश सांसद उमाकान्त गौतम, संघका केन्द्रीय सदस्य तथा घरेलु उद्योगका सभापति नरेन्द्र खड्का , आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख गोपाल शाक्यलगायतले मनतव्य राख्का थिए ।

यस्तै सो अवसरमा राजनैतिक दलहरूका तर्फबाट जनता समाजवादी पार्टी उर्लाबारी नगर कमिटीका अध्यक्ष मातृकाप्रसाद धिमालले आफ्नो मन्तव्य दिएका थिबग ।
त्यसैगरी उर्लाबारी नगर प्रमुख गंगाप्रसाद खरेलले संघको निर्वाचनमा केही सदस्यहरूले अन्य सदस्यहरूको सदस्यता नवीकरण आफैँले गरेर हिँड्ने गलत कार्य भइरहेको बताएका छन् । उक्त कार्यले निर्वाचन प्रक्रियामा अनियमितता र पारदर्शिताको अभाव खड्कीने बताउदै मेयर खरेलले त्यस्ता क्रियाकलापलाई अस्वीकार गर्दै त्यसले संघको सदस्यहरूको वास्तविक इच्छा प्रकट हुन नसक्ने खतरा औंल्याएका छन्। उनले त्यस्तो कार्यलाई रोक्न आवश्यक कदम चाल्नुपर्नेमा जोड दिएका छन् ।
यस्तै उनले उर्लाबारी नगरपालिकाले व्यवसायीको हितमा काम गर्न उद्योग वाणिज्य संघसँग सकारात्मक रहेको बताउदै सहकार्य गरि स्थानीय व्यवसायको प्रवर्द्धन र संरक्षण गर्न तत्पर रहेको बताएका छन्।
व्यवसायीहरूको समस्याहरू समाधान गर्न, उनीहरूको व्यावसायिक वातावरण सुधार्न र आर्थिक गतिविधिहरूलाई प्रोत्साहन दिन संघसँग मिलेर काम गर्न नगरपालिका तत्पर रहेको र यो सहकार्यले स्थानीय अर्थतन्त्रलाई बलियो बनाउनुका साथै व्यावसायिक समृद्धिमा योगदान पुर्याउने उनको भनाइ छ।
सो अवसरमा उर्लाबारीका विभिन्न क्षेत्रमा विभिन्न विधामा अतुलनिय योगदान पुर्याएको जनाउदै शनिबार १९ जनालाई सम्मान गरिएको छ । सम्मानित हुनेमा पुर्व शिक्षकहरू अम्विकाप्रसाद निरौला ,मानबहादुर फागो, दिलकुमारी शाक्य र देवनारायण शर्मा ,ढाका उद्योगी निर्मला चौहान,ब्यावसायीहरू अइन्द्र नेम्वाङ,खगेन्द्र विश्वकर्मा ,हरिनारायण श्रेष्ठ,त्रिलोचन बाहेती,लिलादेवी गुरागाई,चन्द्रकुमारी नुनिया,विना थापा मगर,कृष्णकुमारी श्रेष्ठ ,तेजकुमार रिजाल ,मानबहादुर राई राजीव खड्का र गोवर्धन शाक्यलाई सम्मान गरिएको थियो ।
यस्तै राष्ट्रिय समाचार पत्रका अध्यक्ष पत्रकार केदार चौहान र स्थानिय प्राइम एफएमका निर्देशक मन नेङ्बाङ समेत सम्मानित भएका थिए ।
संघका अध्यक्ष शेरबहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको संचालन संघका महासचिव हेमराज गुरुङले गरेका थिए ।
यस्तै संघको विभिन्न १५ वटा पदहरुमा आईतबार निर्वाचन हुने बताईएको छ । विहान ८ बजेदेखी सुरु गरिने सो निर्वाचन दिउसो ५ बजेसम्म संचालन हुने निर्वाचन समितीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय