उर्लाबारी उद्योग वाणिज्य संघको अध्यक्षमा निर्वाचित भएका तारामान सिरेङ लिम्बूले आफ्नो विजयीको मुख्य श्रेय व्यवसायी समुदायलाई दिएका छन्। भदौ ९ गते सम्पन्न निर्वाचनमा अध्यक्ष पदमा विजयी भएपछि सिरेङले उद्योगी तथा व्यवसायीहरूको सहयोगबिना आफ्नो सफलता सम्भव नहुने बताउनुभएको छ। उहाँले आफ्नो कार्यकालमा व्यवसायिक विकासलाई प्राथमिकतामा राख्दै उद्योगीहरूको समस्याहरू समाधान गर्न कटिबद्ध रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

सिरेङले आफ्नो विजयमा महत्वपूर्ण भूमिका खेलेका पार्टी प्रतिनिधिहरू, निर्वाचन आयोगका अधिकारीहरू, पत्रकार र सुरक्षा निकायका सदस्यहरूको सहयोगको प्रशंसा गर्नुभएको छ। उहाँले थप व्यवसायिक प्रगतिको बाटोमा सहकार्य र एकतामा जोड दिनुपर्ने औंल्याउँदै आगामी दिनमा संघलाई थप सशक्त बनाउने बताउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय