उर्लाबारी। श्री लक्ष्मी माद्यामिक विद्यालयको ३२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रुपमा सम्पन्न भएको छ। उर्लाबारी ८ अठियाबारी स्थित बिद्यालयको प्रांगणमा भएको कार्यक्रममा शिक्षक र अभिभावकहरुलाई सम्मान समेत गरिएको थियो ।
उर्लाबारी नगरपालिकाका नगरप्रमुख गंगा प्रसाद खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता भने बिद्यालय संचालक समितिका अध्यक्ष नारायण धिमालको रहेको थियो ।
माईकल राउत र ममता घिमिरेले संचालन गरेको कर्यक्रमा बिद्यालयका शिक्षक, शिक्षिका , विद्यार्थी तथा अभिभावकहरु द्वारा रक्तदान समेत गरिएको थियो ।
बिक्रम सम्वत २०१८ सालमा स्थापना गरिएको पाठशाला लाई स्तरोन्नति गर्दै २०४९ सालमा बिद्यलममा परिणत गरिएको यस बिद्यालयमा हाल नर्सरी कक्षा देखि कक्षा १२ सम्म पठनपाठन हुँदै आएको छ । ३ सय ७७ जना विद्यार्थी अध्ययनरत यो बिद्यालयमा २१ जना शिक्षक, शिक्षकिका तथा कर्मचारीहरू रहेका छन्।
शुक्रबार भएको कार्यक्रमा विद्यालयका प्रधानाध्यापक राम ब. थापाले विद्यालयको प्रगति विवरण प्रस्तुत गर्दै विद्यालयका शैक्षिक गतिविधिहरू र आगामी योजनाहरूका बारेमा जानकारी दिएका थिए ।
कार्यक्रमा उर्लाबारी नगरपालिका ८ का वडा अध्यक्ष कुल ब. कार्की, वडा सदस्य डम्बर बराल, र विभिन्न विद्यालयका प्रधानाध्यापकहरूको उपस्थिति रहेको थियो।
समारोहमा ४ जना शिक्षक र १ जना अभिभावकलाई सम्मान समेत गरिएको थियो।
कार्यक्रममा नगरप्रमुख गंगा प्रसाद खरेलले विद्यालयको भविष्यको प्रगतिको शुभकामना दिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय