काठ्माण्डौ ,

राष्ट्रिय स्वतन्त्र पार्टी ले महामन्त्री मुकुल ढकाललाई सात दिनको लागि पदबाट निम्बलन गरेको छ। बुधबार बसेको केन्द्रीय समितिको बैठकले डा. ढकाललाई पार्टी अनुशासनविपरीत कार्य गरेको भन्दै सात दिन निलम्बन गर्ने निर्णय गरेको हो ।

केन्द्रीय समितिको बैठकले सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई कार्यवाहक महामन्त्री र मनीष झालाई प्रवक्ता तोकेको छ।

बुधबार नै डा. ढकाललाई निलम्बनको पत्र थमाइएको छ। पत्रमा बुधबार बसेको केन्द्रीय समितिको बैठकमा पार्टी अनुशासन विपरीत अभद्र, अशोभनीय, अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गर्नुका साथै पार्टीको छविमा प्रतिकूल प्रभाव पार्ने अभिव्यक्ति दिएको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय