१२ साउन । गैर आवासीय नेपाली सघ (एनआरएन) जापानको अध्यक्षमा सुभाष लामिछाने आगामी वर्ष २०२५-२०२७ का लागि निर्वाचित भएका छ्न ।
आइतबार सम्पन्न एनआरएन जापानको १२ औ महाधिवेशनमा अध्यक्ष पदको निर्वाचनमा लामिछानेले ७१५२ मत ल्याएर निकटतम प्रत्याशी सिद्धार्थ श्रेष्ठलाई पराजित गरेर विजय सुनिश्चित गरेका थिए । एनआरएन जापानको कुल मतदाता संख्या १८ हजार ३ सय १४ रहेकोमा १२ हजार ३ सय ४५ (६७ दशमलव ४१ प्रतिशत) मत खसेको थियाे ।
यसैगरी वरिष्ठ उपाध्यक्ष पदमा टिकाराम खरेल विजयी भएका छन । उनले प्रत्याशी कृष्ण गैरे शर्मालाई हराएका थिए । विजयी खरेलले ६४१८ मत पाउदा प्रत्याशी उम्मेदवार गैरेले ५९२७ मत प्राप्त गरेका छ्न ।
यसैगरी महासचिव पदमा श्याम कुमार श्रेष्ठले ६३८४ मत ल्याउदै अर्का उम्मेदवार विश्वास गौतमलाई पराजित गरेका छ्न ।
त्यसतै क्षेत्रीय उपाध्यक्षमा विष्णु प्रसाद सुवेदी (विश्व), उपाध्यक्षहरुमा क्रमशः मुक्तिराम खनाल(विनोद), दिलिप कडेल, दिपक सुनार निर्वाचित भएका छ्न । सचीव खुल्ला तर्फ नेत्र पाण्डे र दिल्ली प्रसाद सापकोटा त्यसतै क्षेत्रीय सचीवमा सागर कार्की,कोषाध्यक्षमा मुक्ति राज रेग्मी, क्षेत्रीय सह-कोषाध्यक्षमा सन्दीप जिसी,खुल्ला सह-कोषाध्यक्षमा रामु कडेल र युवा संयोजकमा दिपक बुर्जा मगर आ-आफना प्रत्याशी उम्मेदवारलाई हराउदै आगामी दुई बर्षे कार्यकालको लागि विजयी भएका छ्न ।
अमेरिकी कम्पनी भोटाजको सिष्टमबाट भएको भर्च्युअल निर्वाचनमा आइतबार जापानका नेपालीहरुले मतदान गरेका हुन् । बिहान ८ बजेदेखि सुरु भएको मतदान साँझ ८ बजेसम्म सुचारु भएको थियो । केन्द्रीय समितिका निर्विरोध चयन भएका बाहेक अन्य पदहरुका साथै नागोया क्षेत्र र क्युशु क्षेत्रको एकैदिन अनलाइन भोटिङ भएको थियो ।
प्रमुख निर्वाचन आयुक्त तिलक मल्लले मतपरिणामको घोषणा गरेका थिए भने विजयी सबैलाई आइसीसी उपाध्यक्ष शेरचनले बधाई दिएका थिए ।

